+
+
Shares

मोटरसाइकलको ठक्करबाट बालक घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २२ गते १७:०४

२२ माघ, सुर्खेत । सुर्खेतमा मोटरसाइकलले ठक्कर दिँदा एक बालक घाइते भएका छन् । वीरेन्द्रनगरस्थित मंगलगडी चौकमा प्रदेश नम्बर ०३–०२–११ प ७७८५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा अन्दाजी १० वर्षीय बालक घाइते भएका हुन् ।

एक दिने बन्दको क्रममा प्रचण्ड-माधव समूहले गरेको प्रदर्शनमा आन्दोलनकारीलाई देखेर भाग्ने क्रममा उक्त मोटरसाइकलले बालकलाई ठक्कर दिएको थियो । घाइते बालकको परिचय खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार बन्दको अवज्ञा गरी मोटरसाइकल चलाएका व्यक्ति आन्दोलनकारीबाट भाग्न खोज्दा बालकलाई ठक्कर दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?