Comments Add Comment

संवैधानिक निकायमा नियुक्ति भइसक्दा पनि आएन मुद्दाको पालो

२३ माघ, काठमाडौं । संवैधानिक आयोगहरूमा नियुक्ति भइसक्दा पनि सर्वोच्च अदालतमा यससम्बन्धी मुद्दाको पालो आएको छैन ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, अध्यादेश अनुसार बसेको बैठक र सिफारिस कार्यान्वयन नगर्न माग गरिएका रिटहरूमा आजका लागि संवैधानिक इजलासमा पेसी चढे पनि स्थगनमा परेका हुन ।

अध्यादेश खारेजी र संसदीय सुनुवाईको माग राखेर १ पुसमा अधिवक्ता ओमप्रकाश अर्याल, २ पुसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र ९ पुसमा समृत खरेललगायतले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । ती सबै रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराकोे प्राथमिकतामा नपरेका हुन ।

३० मंसिरमा बसेको प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश जबरा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सम्मिलित बैठकले सिफारिस गरेका ३८ मध्ये ३२ जनाले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment