+
+
Shares

म्यानमारमा निर्वाचनको नतिजा कुल्चिने प्रयास स्वीकार्य हुँदैन : बाइडन

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते १३:४२

२३ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारको सेनाले गरेको विश्वसनीय निर्वाचनको नतिजा कुल्चिने प्रयास स्वीकार्य नहुने बताएका छन् । अमेरिकाको विदेश नीतिको विषयमा जानकारी दिने क्रममा यस्तो बताएका हुन् । उनले म्यानमारको सैन्य कूको विरुद्धमा अमेरिकाले अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरेर अघि बढिरहेको बताएका छन् ।

बाइडनले म्यानमारको विषयमा अहिले विपक्षी नेताहरुसँग पनि सहकार्य गरेर अघि बढ्ने बताएका छन् । उनले अमेरिकाको कुनै समस्या समाधानका लागि आन्तरिकरुपमा मिलेर अघि बढ्ने बताएका छन् ।

बाइडनले म्यानमारको सेनाले तत्काल सत्ता जनताको हातमा सुम्पिई पक्राउ गरिएका अधिवक्ता, अधिकारकर्मी र सरकारी अधिकारीलाई रिहा गर्न आग्रह गरेका छन् । उनले म्यानमारमा प्रजातन्त्र पुनर्स्थापनाको लागि आफ्ना साझेदार मुलुकहरुसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन् । उनले विश्वको प्रजातन्त्र बलियो बनाउन विश्वका विभिन्न मुलुकको समुह बनाउने विषयमा छलफल भइरहेको बताएका छन् ।

यसअघि बाइडनले म्यानमारमाथि प्रतिबन्ध लगाउन सक्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?