Comments Add Comment

देशव्यापी मोटरसाइकल वर्कशपहरुलाई म्याक सर्भमा स्तरोन्नति गर्दै सिप्रदी

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेडद्वारा उत्पादित विश्वप्रसिद्घ म्याक ल्युब्रिकेन्टस् र नेपालका लागि म्याक ल्युब्रिकेन्टस्को आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गको संयुक्त परियोजनामा सिप्रदीद्वारा देशको विभिन्न स्थानहरुमा मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ ।

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड ल्युब्रिकेन्टस्का कन्ट्री म्यानेजर मुकुन्द धमला र सिप्रदी सिप्रदी ट्रेडिङ्गका डेप्युटी जनरल म्यानेजर रोशन कुमार श्रेष्ठको उपस्थितीमा नेपालको २ नम्बर प्रदेश अन्तर्गत लहानको केन्द्रबिन्दु लहानचोकमा रहेको शंकर एन्ड ब्रदर्स आटो पार्ट्स र प्रदेश नम्बर ३ अन्तर्गत पर्यटकिय स्थल नारायणगढ़को केन्द्रबिन्दु लायन्सचोकमा रहेको चितवन बाइक सर्भिस सेन्टरलाई म्याक सर्भमा स्तरोन्नती गरिएको छ ।

ग्राहकहरुलाइ अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा दिने प्रतिबद्धताको साथ काठमाडौँ र पोखरापछि सिप्रदीद्वारा लाहान र चितवनमा पनि मोटरसाईकल वर्कशपलाई म्याक सर्भमा स्तरोन्नती गरिएको सिप्रदीले जनाएको छ ।

म्याक सर्भमा ग्राहकहरुले अत्याधुनिक उपकरणहरुबाट उत्कृष्ट र उच्चस्तरीय सर्भिसिङ सेवा प्राप्त गर्न सक्नेछन । जहाँ म्याक ल्युब्रिकेन्टस्को प्रयोग गरी मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ सेवा प्रदान गरिने सिप्रदीले जनाएको छ ।

उक्त वर्कशपमा ग्राहकहरुले कुनैपनि ब्रान्डको मोटरसाइकल तथा स्कुटरहरुको सर्भिसिङ गरी उत्कृष्ट सेवा प्राप्त गर्न सकिन्छ । यसको साथै म्याक सर्भको स्तरोन्नती गरिएको अवसरमा फेब्रुअरी १५ सम्म यी वर्कशपहरुमा सर्भिसिङ गर्दा म्याक ल्युब्रिकेन्टस्मा १५ प्रतिशत, लेवर चार्जमा २० प्रतिशत र अन्य पार्टस्हरुमा १० प्रतिशत सम्मको छुटको व्यवस्था गरिएको छ ।

म्याक सर्भमा स्तरोन्नती भएका वर्कशपहरुले विभिन्न ब्रान्डका जेन्युइन पार्टपुर्जाहरु पनि उपलब्ध गराउँदै आइरहेको छन् । हालसम्म काठमाडौँ, पोखरा, लहान र चितवनमा म्याक सर्भको स्तरोन्नती भइसकेको छ भने कोहलपुर, भक्तपुर र इटहरीमा पनि छिट्टै सुरुवात गर्ने सिप्रदीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment