+
+
Shares

संवैधानिक निकायहरुमा भएको नियुक्तिबारे बोल्यो कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २३ गते २१:३६

२३ माघ, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गरेको छ ।

विवादका बीच बुधबार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायका पदाधिकारीहरु विरोध गरेकी थिइन् ।

कांग्रेस नेताहरुले यसको विरोध गरेपनि पार्टीले औपचारिक धारणा सार्वजनिक गरेको थिएन । शुक्रबार कांग्रेस विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद्सम्बन्धी संविधानमा व्यवस्था गरिएको प्रावधान, मर्म र विधिलाई सरकारले सुरुदेखि कुल्चिँदै आएको बताएको छ ।

त्यसविरुद्ध कांग्रेस उभिएको भन्दै उनले भनेका छन्, ‘अध्यादेश जारी गर्ने कदम होस् या त्यसपछिको बैठक अथवा पछिल्लो सपथग्रहण । दम्भ र द्वन्द्वको परिणाममा संविधानको मर्म विपरितको कर्म गर्ने सर्वसत्तावाद उन्मुख प्रवृत्तिविरुद्ध हाम्रो संघर्ष जारी छ, जारी रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?