Comments Add Comment

नेपाल र चीनका विदेशमन्त्रीबीच सम्वाद, ५ लाख डोज कोरोना खोप दिने घोषणा

२३ माघ, काठमाडौं । चीनले नेपाललाई ५ लाख डोज कोरोना खोप अनुदान दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शुक्रबार भएको टेलिफोन सम्वादका क्रमा चिनियाँ विदेशमन्त्री वाङ यीले ५ लाख डोज कोरोना खोप दिने जानकारी दिएका हुन् ।

परराष्ट्र मन्त्रालयका अनुसार विदेशमन्त्री वाङले कोरोना खोपका लागि नेपाललाई प्राथमिकतामा राख्ने बचन समेत दिएका छन् ।

यसअघि माघ १८ मा चीनले ३ लाख कोरोना खोप दिने भनिएको थियो र काठमाडौंस्थित चिनियाँ दूताबासले पनि त्यसको पुष्टि गरेको थियो ।

विदेशमन्त्री वाङले शुक्रबार घोषणा गरेको ५ लाख जोड कोरोना खोप यसअघि भनिएको ३ लाखभित्रै हो कि थप हो भन्ने खुलेको छैन ।

अहिलेसम्म कुनै पनि चिनियाँ खोप आपतकालीन प्रयोगका लागि नेपालमा दर्ता भएको छैन ।

यसअघि दक्षिणी छिमेकी भारतले नेपाललाई १० लाख डोज कोरोना खोप उपलब्ध गराएको थियो र १४ माघबाट खोप अभियान चलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment