+
+
Shares

इन्डोनेसियाको कारखानामा बाढी पस्दा गाउँ नै राताम्मे

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २५ गते १४:१६

२५ माघ, काठमाडौं । इन्डोनेसियाको जेङगोट गाउँमा रहेको कपडामा रङ लगाउने एक कारखानामा बाढी पस्दा पुरै गाउँ राताम्मे देखिएको छ । शनिबार उक्त कारखानामा बाढी पसेपछि कारखानामा रहेको रातो रङ मिसिँदा पुरै पानी रातो भएको थियो । सामाजिक सञ्जालमा मानिसहरुले राताम्मे बनेको बाढीको तस्वीर पनि शेयर गरेका छन् । सामाजिक सञ्जालमा मानिसहरुले उक्त तस्वीको विषयलाई लिएर मानिसहरुले अफवाहहरु पनि फैलाउन सक्ने भन्दै आशंका पनि व्यक्त गरेका छन् ।

जेङगोट इन्डोनेसियाको पेकालोङगन सहरको दक्षिणी क्षेत्रमा रहेको एक गाउँ हो । यो गाउँमा फरक फरक रङको बाढी आउनु वा खोलाहरु फरक फरक रङमा परिणत हुनु नौलो कुरा भने होइन । गत महिना पेकालोङगन सहरको उत्तरी क्षेत्रस्थित अर्को गाउँमा आएको बाढी हरियो देखिएको थियो ।

पेकालोङगनका एक वरिष्ठ अधिकारीले पनि समाजिक सञ्जालमा पोस्ट गरिएको फोटो तथा भडियोहरु वास्तविक रहेको पुष्टि गरे । उनले केही समयसम्म गाउँ राताम्मे भएपनि अन्य पानीसँग मिसिएपछि भने हराएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?