Comments Add Comment
प्रदेश १ सभा बैठक :

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेर बैठक स्थगित गरिने

२५ माघ, काठमाडौं । प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई विरुद्ध परेको अविश्वासको प्रस्ताव प्रदेशसभा बैठकमा आजै पेस गरिने भएको छ । चार घण्टा बढी चलेको कार्य व्यवस्था परामर्श समितिको बैठकले अविश्वासको प्रस्ताव बैठकमा पेस गर्ने सहमति जुटाएको हो ।

१८ दिनपछि आज बैठक बोलाइएको थियो । तर, नेकपा ओली समूह भने बैठक सूचना टाँस गरेर स्थगित गर्नुपर्ने पक्षमा थियो । प्रचण्ड–माधव समूह भने आज जसरी पनि अविश्वासको प्रस्ताव संसद्मा पेस गर्नुपर्ने अडानमा थियो ।

अन्ततः ओली समूह सहमत भएपछि आजै बैठक राखेर अविश्वासको प्रस्ताव पेस गरिने भएको छ । त्यसपछि भने संसद् स्थगित गर्ने सहमति भएको छ । ओली समूहले अविश्वासको प्रस्ताव पेस भएपछि १५ दिन बैठक स्थगित गर्न माग गरेको छ । तर, यसमा सभामुखले निर्णय लिनेगरी कार्यव्यवस्था परामर्श बैठकमा सहमति जुटेको हो ।

यो पनि पढ्नुहोस प्रदेश १ मा अब के होला ? यो पनि पढ्नुहोस मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, भीम आचार्यको पक्षमा बहुमत !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment