Comments Add Comment

सोमबारदेखि सञ्चारकर्मीलाई पनि कोरोना खोप

२५ माघ, काठमाडौं । सरकारले भोलिदेखि सञ्चारकर्मीहरुलाई कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप लगाउने व्यवस्था मिलाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले आइतबार एक विज्ञप्ति जारी गर्दै नयाँ बानेश्वरस्थित निजामति कर्मचारी अस्पतालबाट सञ्चारकर्मीलाई खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिएको हो । आइतबार बसेको सचिवस्तरको निर्णय अनुसार सञ्चारकर्मीलाई खोप लगाउने व्यवस्था मिलाइएको केन्द्रका प्रमुख  डा. समीरकुमार अधिकारीले जानकारी दिए ।

भोलिदेखि पाँचदिनसम्म सञ्चालन हुने खोप अभियानका लागि स्वास्थ्य सेवा विभागअन्तर्गतको खोप सचिवालयमा सम्पूर्ण सञ्चारकर्मीहरुको विवरण यथाशीघ्र उपलब्ध गराउन समेत केन्द्रले आग्रह गरेको छ ।

यसअघि सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, महिला स्वमसेविका, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहनका चालक, कैदी बन्दी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा लगायतलाई कोरोना खोप लगाउने व्यवस्था गरेको थियो ।

हेर्नुहोस् विज्ञप्ति :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment