+
+
Shares

थप १३० जनामा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २६ गते १७:१७

२६ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १३० जना कोरोना संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३३३३ जनामा गरिएको परीक्षणमा ६९ पुरुष र ६० महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये ४५ जना काठमाडौंका, १८ जना कास्कीका, चितवन र ललितपुरका ११/११ जना र बाँकेमा १२ जना भेटिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । जसमध्ये २ लाख ६८ हजार २६६ जना संक्रमणमुक्त भएका छन् भने २०४५ जनाको मृत्यु भएको छ । हाल १७४४ जना आइसोलेसनमा उपचाररत छन् । काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमितको संख्या ११२० रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या १९४ रहेको छ भने ५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?