Comments Add Comment

वर्ल्ड टेनिस टुर जे ५ : अभिलाषा र निशानको विजयी सुरुवात

२६ माघ, काठमाडौं । नेपालका अभिलाषा विष्ट र निशान श्रेष्ठले आईटीएफ वर्ल्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको सिंगल्समा सोमबार विजयी सुरुवात गरेका छन् ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा अभिलाषाले भारतकी सिद्धी खोतलाई ६–३ र ६–० को सोझो सेटमा पराजित गरिन् । पुरुष सिंगल्समा निशानले भारतकै दोक्स अशोक अग्रवाललाई ६–२ र ६–० ले हराए ।

पुरुष सिंगल्समा नेपालका निहालजंगबहादुर थापा, आर्यन गिरी, प्रसिद्ध मोक्तान, आरभसम्राट हाडा, अकी जुवेन रावत र प्रणव मानन्धरले आ–आफ्नो प्रतिद्वन्द्वीसँग पराजय भोगे । महिला सिंगल्समा नेपालका श्रेया भट्टराई, प्रकृति श्रेष्ठ, अजा रेग्मी, श्रृष्टि राई, इशाश्री शाह, रायना शाह र सर्वानी श्रेष्ठले आ–आफ्नो खेल गुमाए ।

यू–१८ उमेर समूहको प्रतियोगितामा समान ३२–३२ पुरुष-महिला खेलाडीले सिंगल्स र डबल्स स्पर्धामा प्रतिस्पर्धा गरिहेका छन् ।

प्रतियोगितामा नेपाल, भारत, अमेरिका, क्यानाडा, स्पेन, फ्रान्स, बेल्जियम, फिनल्यान्ड, जर्मनी र उज्वेकिस्तान गरी १० राष्ट्रको सहभागिता रहेको प्रतियोगिता निर्देशक अजय विष्टले जनाएका छन् ।

प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment