Comments Add Comment

पलले साइन गरे ‘सत्यम्’

नायक पल शाहले नयाँ चलचित्र साइन गरेका छन् । उनले, शंकर कार्कीको निर्देशनमा बन्न लागेको चलचित्र ‘सत्यम्’ साइन गरेका हुन् । चलचित्रका लेखक तथा निर्माता रेशम सापकोटाले अनलाइनखबरसँग कुरा गर्दै पलले चलचित्र साइन गरेको पुष्टी गरेका छन् ।

चलचित्र ‘सत्यम्’मा नायक राजेश हमाल र अनुप विक्रम शाहीले काम गर्ने पक्का भैसकेको छ । राजेश हमाल, अनुप विक्रम शाही, पल शाह जोडिएपछि चलचित्रको टिम बलियो देखिएको छ ।

चलचित्रको बिषमया निर्माता सापकोटा भन्छन्–‘हामीले चलचित्र उत्कृष्ट बनाउनका लागि कलाकारको टिम पनि बलियो बनाइरहेका छौं । चलचित्रको कथावस्तु पनि राम्रो छ । यसैले, कथा अनुसार कलाकारको टिम तयार पारिएको हो ।’

नायक पल शाहको भूमिका भने खुलाइएको छैन । नायक शाहले लकडाउनपछि चलचित्र ‘हुतुतु’ साइन गरेका थिए । तर, चलचित्र ‘सत्यम्’ छायांकनमा पहिले जानेछ । यो चलचित्रका लागि देशका विभिन्न स्थानमा अडिसन पनि भैरहेको छ । अडिसनमा उल्लेख्य मानिसहरुको सहभागीता रहेको निर्माता सापकोटाले बताए ।

चलचित्रको छायांकन चैत्रबाट सुरु गरिनेछ । नायक राजेश हमालले चलचित्रका लागि आफ्नो गेटअप परिवर्तन गरिरहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment