Comments Add Comment

महाकाली नदीमा फसेका १६ जनाको सकुशल उद्धार

फाइल तस्वीर

२७ माघ, कञ्चनपुर । कञ्चनपुरको भिमदत्त नगरपालिका-१२ भुजेलाघाटस्थित महाकाली नदीको टापुमा फसेका १६ जनाको मंगलबार बिहान प्रहरीले सकुशल उद्धार गरेको छ ।

महाकाली नदीमा एक्कासी पानीको बहाव बढ्न जाँदा मलामी गएका उनीहरु नदीको बीच भागको टापुमा फसेका थिए ।

प्रहरीका अनुसार भारतको टनकपुरस्थित एनएचपीसीद्वारा टनकपुर पावर हाउसको सफाइ गर्न महाकाली नदीमा पानी छाडेपछि नदीमा पानीको बहाव एक्कासी बढेको थियो ।

घटनाको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उनीहरुको सकुशल उद्धार गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment