+
+
Shares

महाकालीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

सुदूरपश्चिमका पहाड जिल्लामा निरन्तर वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १६:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
  • आज दिउँसो मापनअनुसार महाकाली नदीको जलस्तर एक लाख २४ हजार ४५४ क्युसेक पुगेको प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए ।
  • नदीको बहाव अझै बढ्नसक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

५ साउन, महेन्द्रनगर (कञ्चनपुर) । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाडीलाई आवातजावतमा निषेध गरिएको हो ।

आज बिहान नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतको निर्देशनमा रोक लगाइएको हो ।

आज दिउँसो १:३० बजेको मापनअनुसार महाकालीको जलस्तर एक लाख २४ हजार ४५४ क्युसेक पुगेको छ ।

‘महाकाली नदीमा जलस्तर बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ’, उनले भने, ‘बिहानको भन्दा दिउँसोको मापनमा जलस्तर बढेको छ ।’

सुदूरपश्चिमका पहाड जिल्लामा निरन्तर वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको छ ।

सुदूर पहाडमा अझै पनि वर्षा भइरहेकाले नदीको बहाव अझै बढ्नसक्ने सम्भावना रहेको भन्दै महाकाली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा केही दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । साना नदी, खोला तथा नालामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?