Comments Add Comment

डा. रामदयाल राकेशलाई निधि राष्ट्रिय पुरस्कार

२७ माघ, काठमाडौं । महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले ‘महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार २०७७’ डा. रामदयाल राकेशलाई प्रदान गर्ने घोषणा गरेको छ । डा. रामदयाल राकेश करिब पाँच दशकदेखि भाषा, साहित्य, संस्कृति तथा अभिव्यक्ति स्वतन्त्रताका लागि नियमित साधनारत व्यक्ति हुन् । यस्तै २०७६ सालको सो पुरस्कार भने पत्रकार होमनाथ दाहाललाई प्रदान गरिने भएको छ ।

यसैगरी प्रेमसागरीदेवी निधिको सम्मानमा स्थापित ‘प्रेमसागरीदेवी निधि पुरस्कार ०७७’ भने काशीदेवी झालाई प्रदान गरिने भएको छ । २०७६ सालको सोही पुरस्कार भने ज्ञानु प्रसाईंलाई प्रदान गरिने भएको छ ।

दुवै पुरस्कारको राशी एक/एक लाख रुपैयाँ रहेको प्रतिष्ठानले जनाएको छ ।

महेन्द्रनारायण निधिको १०० औं जन्मजयन्तीको अवसरमा आगामी फागुन १४ गते सो पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष प्रा. पुरुषोत्तम दाहालले जानकारी दिए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment