Comments Add Comment

परराष्ट्रमन्त्री र एनआरएनएका अध्यक्षबीच भेटवार्ता

गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तसहितको प्रतिनिधि मण्डलको टोलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग भेटवार्ता गरेको छ ।

भेटका क्रममा संघका अध्यक्ष पन्तले संघले गरिरहेको गतिविधिबारे परराष्ट्रमन्त्री ज्ञवालीलाई जानकारी गराएका छन् । संघले स्थापना गर्न लागेको एनआरएन इमर्जिंग फण्डमा लगानीका लागि देखा परेका विभिन्न कानुनी अड्चन फुकाइ सहज रुपमा लगानीको वातावरण बनाउन मन्त्री ज्ञवाली समक्ष उनले आग्रह गरे । संघले सञ्चालन गरेको  कोभिड –१९ रेसपोन्स् टु नेपाली माइग्रेट वर्कस परियोजना सहज रुपमा कार्यान्वयनका लागि आवश्यक वातावरण निर्माण गर्न समेत उनले अनुरोध गरे । उनले कोभिड–१९ विरुद्धको खोपको सहज उपलब्धताका लागि संघले निर्वाह गर्नुपर्ने भूमिकाकाबारेमा समेत मन्त्री ज्ञवालीसँग जिज्ञास राखेका थिए ।

संघका उपाध्यक्ष डा. बद्री केसीले रुसबाट खोप ल्याउन संघका तर्फबाट आफू र रुसी दूतावासले प्रयास गरिरहेको जानकारी गराउँदै उपयुक्त वातावरणको निर्माण गरिदिन अनुरोध गरेका थिए ।

सो अवसरमा मन्त्री ज्ञवालीले संघको तर्फबाट आएको सुझावलाई सकारात्मक लिएको बताए । खोप उपलब्ध गराउनका लागि संघले देखाएको चासोलाई सकारात्मक रुपमा लिएको भन्दै उनले त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग समन्वय गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment