+
+
Shares

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते ९:२८

२८ माघ, काठमाडौं । सुनसरीमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु भएको छ । मंगलबार राति बराहक्षेत्र नगरपालिका-५ कालाबञ्जार चोकमा प्रदेश १, ०२, ०४३ प ८८ २७ नम्बरको मोटरसाइकलले स्थानीय ३९ वर्षीय महेन्द्र साहलाई ठक्कर दिएको थियो ।

मोटरसाइकलको ठक्करबाट घाइते भएका साहको धरानको घोपामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने मोटरसाइकलका चालक ३० वर्षीय घनश्याम धामी गम्भीर घाइते भएका छन् । उनको घोपामै उपचार भइरहेको छ ।

पैदलयात्रीलाई ठक्कर दिएको मोटरसाइकल सडकमा पल्टिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?