Comments Add Comment

‘फटाह फणिन्द्रे’मा कर्मासँगै छुल्ठिम, रोहित र सुष्मा

चलचित्र ‘फटाह फणिन्द्रे’ बन्ने भएको छ । अरुण खड्काको निर्माण तथा निर्देशनमा यो चलचित्र बन्न लागेको हो । चलचित्रको शिर्ष भूमिकामा कलाकार कर्माले काम गर्ने पक्का भएको छ । उनीसँगै नायिका छुल्ठिम गुरुङ र कलाकार रोहित रुम्बालाई पनि अनुवन्धित गरिएको छ ।

यो चलचित्रका लागि नायिका सुष्मा कार्की पनि मुख्य भूमिकामा फाइनल भएकी छिन् । श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सन प्रालीको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रमा सुनिल मानन्धर प्रस्तुतकर्ताको रुपमा छन् । विक्रम सिंह गुरङ निर्माता रहेको चलचित्रमा नेत्र बिष्ट कार्यकारी निर्माताको रुपमा छन् ।

चलचित्रमा रोशन श्रेष्ठको एक्सन, विपिन मल्लको सम्पादन र इश्वरलाला सिंकेमनको छायांकन रहने पक्का भएको छ । उत्तम केसीको कथा रहेको चलचित्रमा हिमाल उप्रेती, सुशिल पोखरेल र अरुण खड्काको पटकथा तथा संवाद रहेको छ । अरुणले यस अगाडि ‘तिम्रो लागि, पाठशाला’ लगायतका चलचित्र निर्माण गरेका थिए । उनै, अरुणले यो चलचित्रबाट निर्देशनमा डेब्यू गर्न लागेका हुन् ।

चलचित्र निर्माणका क्रममा आफूले सिकेका कुराहरु चलचित्रमा पस्कन तयार रहेको निर्देशक खड्काले बताए । चैत्रको पहिलो साताबाट छायांकनमा जाने यो चलचित्रले अपराधको कथालाई कमेडीको माध्यमबाट प्रस्तुत गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment