+
+
Shares

ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते १७:३०

२८ माघ, काठमाडौं । रुपन्देहीमा ट्याक्टरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका–४ बस्ने ४५ वर्षीय रवि गौतम रहेका छन् ।

बुटवल नगरपालिका–११ स्थित शान्ति चोकमा लु ३ त ४६१८ नम्बरको ट्याक्टरले लु २४ प ६१६४ नम्बरको स्कुटरलाई बुधबार ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए । उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?