+
+
Shares

सभा सकिएपछि प्रदर्शनकारीले गरे सडक सफाइ

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ माघ २८ गते १७:५३

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड माधव समूहले काठमाडौंमा गरेको जनसभापछि फोहोर भएको सडक कार्यकर्ताहरुले नै सफा गरेका छन् ।

राजधानीको भृकुटीमण्डपमा सभा सकिएपछि कार्यकर्ताहरुले नै सडक बढारेका हुन् ।

सभाका क्रममा पर्चा पम्प्लेट, झण्डा र खानेकुराको फोहोर थुप्रिएको सडक प्रदर्शनकारीले नै सफा गरेका हुन् । बुधबार काठमाडौंका विभिन्न ठाउँबाट नेकपा प्रचण्ड– माधव समूहले प्रदर्शन गरेको थियो ।

ती प्रदर्शनहरु भृकुटीमण्डपमा आई सभामा परिणत भएको थियो ।

हेर्नुहोस् तस्वीरहरु

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?