+
+
Shares

क्राउन प्लाजा एनएनआईपीए अवार्डको हस्पिटालिटी पार्टनर

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २८ गते १८:४७

२८ माघ, काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गर्ने एनएनआईपीए स्पोर्ट्स अवार्डलाई होटल क्राउन प्लाजाले सहयोग गर्ने भएको छ ।

नक्सालस्थित होटल क्राउन प्लाजा एनएनआईपीए स्पोर्ट्स अवार्डको हस्पिटालिटी पार्टनर बन्ने भएको हो । सो सम्बन्धी सम्झौता पत्रमा अवार्ड आयोजक नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ र प्लाजा होटल ग्रुपका चेयरम्यान युवराज श्रेष्ठले बुधबार हस्ताक्षर गरे ।

सम्झौता अनुसार क्राउन प्लाजाले अवार्डमा सहभागी हुने उपत्यका बाहिराका खेलाडीका लागि निःशुल्क खाना र बस्न प्रबन्ध मिलाउने छ ।

चेयरम्यान श्रेष्ठले खेलाडीको अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताए । अध्यक्ष श्रेष्ठले पहिलो भेटमै प्रस्ताव स्वीकार गरी अवार्डलाई सहयोग गरेकोमा धन्यवाद दिए ।

विभिन्न विधामा खेलाडीलाई पुरस्कृत गरिने अवार्डको १५ औं संस्करण फागुन ८ गते मध्यपुर थिमि नगरपालिकाको दुई पोखरीमा हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?