
२९ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीले गिरफ्तार भएलगत्तै धैर्य गर्न आग्रह गरेकी छन् ।
प्रहरीले राज्यविरुद्धको अपराधमा अनुसन्धान गर्न भन्दै पक्राउ गरेलगत्तै उनले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन् ।
‘….अपराध अनुसन्धान मीनभवनमा छु’ झाँक्रीले सामाजिक सञ्जाल ट्विटरमा लेखेकी छन्, ‘सबै साथीहरूले धैर्य गर्नुहोला । यो अन्तिम लडाईं हो । आफ्नो ठाउँमा डटौं ।’
उनलाई प्रहरीले मुलुकी अपराध संहिता २०७२ को दफा ५८ सम्बन्धी विषयमा अनुसन्धानका लागि पक्राउ गरेको बताएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको विषयमा दिएको अभिव्यक्तिलाई लिएर बिहीबार प्रहरीले झाँक्रीलाई बानेश्वरस्थित निवासबाट पक्राउ गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4