+
+
Shares

रामकुमारीको पक्राउले अधिनायकवादी चरित्र उदाङ्गियो : रामचन्द्र पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ २९ गते १६:०८

२९ माघ, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेकपा (प्रचण्ड-माधव पक्ष)की नेतृ एवं विघटित प्रतिनिधि सभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गरी सरकारले अधिनायकवादी चरित्र उदांगो पारेको बताएका छन् ।

बिहीबार बिहान प्रहरीले शंखमूल स्थित झाँक्रीको आफ्नै घरबाट पक्राउ गरी नेपाल प्रहरीको अपराध महाशाखामा सोधपुछको लागि राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिको आधारमा राज्यविरुद्धको कसुरमा झाँक्रीलाई पक्राउ गरेपछि त्यसको विरोध गर्दै पौडेलले ट्वीटरमा लेखेका छन् ‘संविधानले व्यवस्था गरेको नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले नाङ्गो हस्तक्षेप गरेको छ।’

पौडेलले झाँक्रीलाई पक्राउ गरिएको घटनामा घोर भर्त्सना गर्दै बिनाशर्त रिहाइको माग समेत गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?