
२९ माघ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले केपी शर्मा ओली नेतृत्वको सरकार आत्तिएर गैरसंवैधानिक गिरफ्तारीमा उत्रिएको बताएकी छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीलाई संवैधानिक मूल्य मान्यता र मानवअधिकारको सिद्धान्त विपरीत पक्राउ गरिएको अन्सारीको भनाइ छ ।
झाँक्रीको पक्राउ विरोधीहरू प्रतिको राजनीतिक प्रतिशोध भएको उनले उल्लेख गरेकी छन् ।
‘रामकुमारी झाँक्रीको गिरफ्तारी र आपराधिक मुद्दा चलाउने प्रयासले देशमा घट्दै गएको लोकतान्त्रिक स्पेस र अभिव्यक्ति स्वतन्त्रताको कमजोर अवस्था देखाउँछ, सरकार आत्तिएर विरोधीहरूलाई धरपकड गर्ने र शान्तिपूर्ण आन्दोलन दमन गर्न उत्रेको हो’ उनले भनेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4