Comments Add Comment

यी फिल्म, जसमा पलको चर्चा मात्रै भयो

‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेका नायक पल शाहले नयाँ चलचित्र ‘सत्यम्’मा काम गर्ने पक्का भएको छ । पलले ‘म यस्तो गीत गाउँछु २ र हृदयभरी’ रिलिजको प्रतिक्षा गरिरहेका छन् । साथै, उनले ‘२ नम्बरी, हुतुतु’मा पनि काम गर्दैछन् ।

तर, यस्ता केही चलचित्र पनि छन् जसमा पलले काम गर्ने चर्चा त भयो । तर, पछि पल उक्त चलचित्रमा अटाएनन् । नायिका सुस्मिता बम्जनले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’मा नायक पल शाहले काम गर्ने चर्चा भएको थियो । सुस्मिताले पनि पलले चलचित्रमा काम गर्ने उक्त समयमा बताएकी थिइन् । तर, पछि यो चलचित्रबाट नायक आकाश श्रेष्ठले डेब्यू गरेका थिए ।

पलले काम गर्ने पक्का भएको अर्को चलचित्र थियो, ‘रेड वाइन’ । पलले यो चलचित्र साइन पनि गरिसकेका थिए । तर, पछि पलले यो चलचित्र छाडे । पलले चलचित्र छाड्नुको कारण यसको नाम र कलाकार बताइएको छ । पलले नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहसँग काम गर्ने पक्का भएको भन्दै चर्चा भएको चलचित्रबाट उनले हात झिके । तर, केही दिन पलको चर्चा भने खुबै भयो । यो चलचित्रको हाल नाम परिवर्तन गरेर ‘तिम्रो मेरो साथ’ राखिएको छ ।

निर्देशक दिवाकर भट्टराइले चलचित्र ‘तिमीसँगै हुने मन छ’ बनाउने पक्का गरे । चलचित्रमा नायक पल शाह र निराजन प्रधानले काम गर्ने पनि पक्का भयो । तर, दिवाकर र पलविच लिखित संझौता भएन । पलले दीपिकासँग रोमान्स गर्दै भन्ने खालका चर्चा बजारमा खुबै भयो । चलचित्र निर्माण हुने भनिएको समयमा भएन ।

तर, अहिले यो चलचित्रमा पल शाह नहुने पक्का भैसकेको छ । चलचित्रका लागि दिवाकरले भारतीय कलाकार राहुल सुचान्तलाई फाइनल गरिसकेका छन् । पलको नाम यो चलचित्रसँग जोडियो । यसरी, पलले काम गर्ने भन्दै केही चलचित्रमा उनको नाम जोडिएपनि अन्तिम समयमा आएर उनी सो चलचित्रमा अटाएनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment