+
+
Shares

‘दि सेक्रेट्स अफ राधा’को छायांकन सुरु, श्रृष्टी र मेनुका जोडिए

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ३० गते ९:००

सुवर्ण थापाको निर्देशनमा चलचित्र ‘दि सेक्रेट्स अफ राधा’को छायांकन सुरु गरिएको छ । यो चलचित्रको छायांकन बिहिबारबाट पालुङमा सुरु गरिएको छ । करिब दुई साता पालुङमा नै चलचित्रको छायांकन हुने निर्देशक थापाले बताए । यसपछि चलचित्रको छायांकन काठमाण्डौमा गरिनेछ ।

निर्देशक थापा र नायक सौगात मल्लको निर्माणमा यो चलचित्र बनिरहेको छ । चलचित्रमा नायिकाको रुपमा श्रृष्टी श्रेष्ठ र मेनुका प्रधान जोडिएका छन् । चलचित्रको निर्माणपक्षले नायिकाहरुको नाम भने सार्वजनिक गरेको थिएन ।

चलचित्रमा सौगात मल्ल, खगेन्द्र लामिछाने, श्रृष्टी श्रेष्ठ, मेनुका प्रधानको मुख्य भूमिका छ । चलचित्रमा नायक दयाहाङ राई र निर्देशक तथा कलाकार निश्चल बस्नेतको भने विशेष भूमिका रहेको निर्देशक थापाले जानकारी दिए ।

उनले भने–‘हामीले चलचित्रको छायांकन सुरु गरेका छौ । दर्शकले आशा गरे अनुसारको कथामा चलचित्र बनाउने तयारी हाम्रो छ ।’ सौगातको आदियोगी भिजन र सुवर्णको ब्यानरबाट यो चलचित्र बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?