+
+
Shares

प्रशासकीय अधिकृतको कार्यशैलीको विरोधमा जनप्रतिनिधिद्वारा बैठक बहिस्कार

विकास मरहट्टा विकास मरहट्टा
२०७७ माघ ३० गते १३:१८

२९ माघ, गोरखा । भीमसेन थापा गाउँपालिकाको गाउँ कार्यपालिकाका सदस्यहरुले बिहीबार बोलाएको बैठक बहिस्कार गरेका छन् । बिहीबार ११ बजे बोलाइएको बैठकमा कार्यपालिकाका सदस्यहरु कोही पनि गएनन् ।

गाउँपालिकाका प्रशासकीय प्रमुख कृष्ण थापो कार्यशैली र व्यवहारका कारण बैठक बहिस्कार गरेको कार्यपालिकाका सदस्यहरुले बताएका छन् । ‘प्रशासकीय प्रमुखले हामी वडाध्यक्षहरुलाई मानमर्दन गर्दै आउनुभएको छ,’ वडा नम्बर ३ का अध्यक्ष लिलानाथ लामिछाने भने, ‘उहाँले अधिकृत भएको साह्रै घमण्ड देखाउनुभयो, त्यही घमण्डका कारण हामी सबै मिलेर बैठकमा नजाने सल्लाह गरेका हौं ।’

केही दिनअघि गाउँपालिकाले राखेको हाते ट्याक्टर वितरण कार्यक्रममा पनि प्रशासकीय प्रमुखले वडाध्यक्षहरुको अपमान गरेको उनले बताए । ‘त्यही कार्यक्रममा पनि हामीले असन्तुष्टी जनाउँदै केही कुराहरु राखेका थियौं, तर उहाँको बानी अझै सुध्रिएन, त्यसैले अति भएर बैठक बहिष्कार गरेका हौं’ उनले भने ।

प्रशासकीय अधिकृतले कार्यपालिकाका सदस्यलाई बेवास्ता गरी छलफल बिना एकलौटी निर्णय गर्ने गरेको वडा नम्वर ७ का अध्यक्ष नारायण श्रेष्ठले बताए । ‘प्रशासकीय अधिकृतले हामीलाई बेवास्ता गर्ने, अपमान गर्ने गर्दै आउनुभएको छ, त्यसैले हामी साथीहरु सल्लाह गरेर आजको बैठकमा सहभागी नगएका हौं,’ उनले भने ।

कर्मचारीले जनप्रतिनिधिलाई हेपाहा ब्यवहार देखाएको वडाध्यक्षहरुको भनाइ छ । ‘कार्यपालिकामा छलफल नगरी एकपक्षीय निर्णयहरु हुन थाले, कर्मचारीले जनप्रतिनिधिहरुको स्थान राख्ने काम नगरेका कारण कार्यपालिकाको बैठकको औचित्य छैन भनेर हामीले बहिष्कार गरेका हौ,’ नाम उल्लेख नगर्ने शर्तमा एक वडाध्यक्षले भने ।

सदस्यहरु उपस्थित नभएपछि बैठक स्थगित गरिएको गाउँपालिका अध्यक्ष ईश्वर पाण्डेले बताए । ‘उहाँहरु नआउने भन्ने कुरा आज बिहान दश बजेतिर मात्र थाहा भयो, कुरा बुझ्दा प्रमुख प्रशासकीय अधिकृतसँग असन्तुष्टी रहेछ, के असन्तुष्टी हो बुझेर छिटै अर्काे बैठक बोलाउछु,’ उनले भने ।

गाउँपालिकाको आवधिक योजनाको समीक्षा तथा विविध बिषयको छलफलका लागि बिहीबार कार्यपालिकाको बैठक बोलाइएको थियो ।

लेखक
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?