+
+

प्रतिबन्ध लगाए ईयूसँगको सम्बन्ध तोड्ने रुसको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ३० गते १९:१२

३० माघ, काठमाडौं । युरोपेली संघ (ईयू)ले नयाँ आर्थिक प्रतिबन्ध लगाएको अवस्थामा रुस सबै किसिमको सम्बन्ध तोड्न तयार रहेको चेतावनी दिएको छ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले यस्तो चेतावनी दिएका हुन् ।

बिहीबार ईयूले विपक्षी नेता एलेक्सी नाभाल्नीको विषयलाई लिएर रुसमाथि थप प्रतिबन्ध लगाउन सक्ने संकेत गरेसँगै रुसले यस्तो प्रतिक्रिया दिएको हो ।

यसअघि ईयूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगीको सम्पत्ति पनि जफत गर्न सक्ने बताएको थियो । एक अन्तर्वार्तामा रुसी विदेशमन्त्री सर्गेईले भने, ‘तपाईंहरु शान्ति चाहनुहुन्छ भने युद्धको तयारी गर्नुहोस् ।’

एक रुसी युट्युब च्यानलसँग कुरा गर्दै सर्गेईले आफूहरु विश्वबाट अलग भएर बस्न नचाहेको तर त्यसका लागि तयार भने रहेको बताएका हुन् । उनले ईयूले रुसमाथि थप प्रतिबन्ध लगाए त्यसले रुसको महत्वपूर्ण क्षेत्रका साथै अर्थतन्त्रमा जोखिम उत्पन्न हुने बताएका हुन् ।

यसअघि रुसले नाभाल्नीको मुद्दामा ईयूको तीन मुलुकका राजदूतलाई देशनिकाला गरेको थियो । रुसले उक्त तीन मुलुकका राजदूतहरु नाभाल्नीको समर्थनमा भएको आन्दोलनमा सहभागी भएको आरोप लगाएको छ । तर, ईयूले भने रुसको आरोपको खण्डन गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?