+
+
Shares

ओली समूहले बुटवलमा सभा गर्दै, प्रधानमन्त्रीले सम्बोधन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १ गते ६:०७

१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज रुपन्देहीको बुटवलमा शक्ति प्रदर्शनसहित आमसभा गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने सभामा २ लाख जनता उतार्ने दावी ओली समूहले गरेको छ ।

सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्रांगणमा हुने छ । रूपन्देही जिल्लाबाट एक लाख र अन्य जिल्लावाट एक लाख गरी २ लाख जनता भेला पार्ने ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज एवम् मुख्यमन्त्री शंकर पोखरेलले बताएका छन् ।

संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थितिको बारेमा जनतालाई जानकारी दिन सभा आयोजना गरिएको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?