Comments Add Comment

‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेलाई २० लाख

दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ हुने भएको छ । लोकदोहोरी प्रतिभाहरुका लागि ‘दोहोरी च्याम्पियन’ हुन लागेको हो । नेपाल टेलिभिजनबाट छिट्टै प्रशारण हुने तयारीका साथ यसको डिजिटल अडिसन सुरु भैसकेको छ । लोकगायक बद्री पंगेनी र लोकगायिका प्रिती आले ‘दोहोरी च्याम्पियन’को संचालकको रुपमा छन् ।

फागुन १ गतेबाट सुरु भएको डिजिटल अडिसन ८ गतेसम्म चल्नेछ । अडिसनमा सहभागिताका लागि एक जना पुरुष र एक जना महिलाको कलाकारको टिम बनाई कम्तिमा ४–४ टुक्का दोहोरी गाएर फेसबुक अथवा इमेलमा पठाउनु पर्नेछ ।

‘दोहोरी च्याम्पियन’मा प्रथम हुनेले २० लाख पुरस्कार पाउनेछन् । त्यस्तै दोस्रो, तेस्रो र सान्त्वना हुनेले क्रमशः १० लाख, ३ लाख र २ लाख प्राप्त गर्नेछन् । फागुणको तेश्रो साताबाट यो शो टेलिभिजनमा प्रशारण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment