+
+
Shares

कर्मचारी र जनप्रतिनिधिलाई कोरोनाविरुद्धको खोप

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ फागुन २ गते १७:५८

२ फागुन, काठमाडौं । कोभिड १९ विरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई दिन थालिएको छ ।

आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानीय तहका कर्मचारी लगायतलाई कोभिड १९ विरुद्धको खोप दिन थालिएको हो ।

निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकी भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतिले जानकारी दिइन् । त्यसैगरी प्रहरीहरुलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उनको भनाइ छ ।

त्यसैगरी, पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीले मेडिकल काउन्सिलले लेखेको पत्र अनुसार, नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइने भएको छ ।

अदालतका न्यायाधीश र अदालतमा काम गर्ने वकिलहरुलाई पनि परिचय पत्रका आधारमा खोप दिइने भ्याक्सिन कोअर्डिनेटर प्रजापतिले बताइन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?