+
+
Shares

कर्णाली सरकारको वार्षिकोत्सवमा कांग्रेस र ओली समूह सहभागी भएनन्

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ३ गते १३:०३

३ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारको तेस्रो वार्षिकोत्सवमा नेपाल कम्युनिस्ट पार्टी (केपी ओली) र नेपाली कांग्रेसले अघोषितरुपमा बहिष्कार गरेका छन् ।

सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव कार्यक्रम भइरहँदा कांग्रेस र ओली समूहका सांसद उपस्थिति थिएनन् । कार्यक्रममा राप्रपाकी सांसद पनि उपस्थित भइनन् ।

ओली समूहका सांसद गुलावजंग शाहले आफूहरुलाई वार्षिकोत्सवबारे जानकारी नभएको बताए । उनले भने, ‘वार्षिकोत्सबबारे जानकारी भएन, म आफनो महत्त्वपूर्ण कामले निर्वाचन क्षेत्रमा छु । सरकारले के-के गर्छ हामीलाई थाहा दिदैन ।’

वार्षिकोत्सवमा सहभागी नभएको नेपाली कांग्रेस दलका नेता जीवनबहादुर शाहीले आफू कामले काठमाडौं भएको र ढिला जानकारी भएकोले सहभागी हुन नसकेको बताए ।

‘म काम विशेषले काठमाडौंमा छु, हिजो साँझमात्रै खबर आएको थियो,’ उनले भने, ‘अरु साथीहरु पनि काम विशेषले बाहिर हुनुहुन्छ ।प्रदेश सरकार स्थापना दिवस हो, त्यसमा सहभागी हुनै पर्छ भन्ने पनि छैन् ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?