Comments Add Comment

टर्च लाइटमा लुकाएर सुन तस्करी गर्ने प्रयास, एकजना पक्राउ

३ फागुन, काठमाडौं । सुन तस्करीविरुद्ध सुरक्षा निकायले आक्रामक कारबाही गरे पनि तस्करले नयाँ शैलीबाट भित्र्याउन छाडेका छैनन् । आइतबार राति टर्च लाइटभित्र लुकाएर ल्याइएको ६ सय ग्राम सुन बरामद भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स-रेमा चेकजाँच गर्ने क्रममा दुबईबाट आएको लाइटभित्र सुन भेटिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख शम्भुप्रसाद मरासिनीले बताए ।

उनका अनुसार लाइटमा ६ सय ग्राम सुन लुकाइएको थियो । लाइट ल्याउने व्यक्ति राजु लामालाई पक्राउ गरेर अनुसन्धान गरिरहेकाे  मरासिनीले बताए । पछिल्लो समय कामदारलाई प्रयोग गरेर तस्करहरुले सानो परिमाणमा सुन ल्याइ काठमाडौंमा संकलन गर्ने गरेका छन् ।

फ्लाई दुबईको विमानमार्फत आइतबार राति काठमाडौं उत्रेका लामाको साथबाट बरामद भएको सुनको बजार मूल्य ४६ लाख ६५ हजार ६ सय रुपैयाँ रहेको छ ।

सुनको गुणस्तर जाँच गर्न भन्सार विभागको त्रिपुरेश्वरस्थित प्रयोगशालामा पठाइएको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment