+
+
Shares

संसदभित्रै बलात्कारमा परेकी महिलासँग अस्ट्रेलियाका प्रधानमन्त्रीले मागे माफी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते १४:०४

४ फागुन, काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मौरिसनले संसदभित्रै बलात्कारको शिकार भएको भनिएकी महिलासँग माफी मागेका छन् । अस्ट्रेलियाकी एक पूर्व राजनीतिक सल्लाहकारले संसदभित्रै मन्त्रीको कार्यालयमा आफ्ना सिनियर साथीले आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् । ब्रिटानी हिग्गिङ्सले सन् २०१९ मा यो घटना भएको आरोप लगाएकी हुन् । उनले त्यतिबेला यो घटना बाहिर ल्याउँदा आफ्नो जागिर जाने डरको कारण नखुलाएको बताएकी छन् । साथै आफ्ना हाकिमबाट पनि यो मामिलामा सहयोग नपाएको उनको भनाइ छ ।

२६ वर्षीया हिग्गिङ्सले सोमबार एक टेलिभिजनमा अन्तर्वार्ता दिँदै यो घटनापछि परेको असरको कारण आफूले उपचार पनि गराउनु परेको बताएकी थिइन् । अहिले प्रहरीले यस विषयमा अनुसन्धान पुनः सुरु गरेको छ । अस्ट्रेलियाका प्रधानमन्त्रीले सोमबार महिलाले लगाएको आरोपपछि संसद्को वातावरण र संस्कारबारे पुनरवलोकनको लागि निर्देशन दिएका छन् । मौरिसनले यस्तो स्थानमा काम गर्ने युवा महिलाहरु सम्भव भएसम्म सुरक्षित हुने वातावरण मिलाउन निर्देशन दिएका छन् ।

हिग्गिङ्सले आफूमाथि भएको घटनाबारे मन्त्रीले पनि खासै चासो नदेखाएको र आरोपीलाई बचाउने प्रयास गरेको बताएकी छन् । आरोपी राजनीतिमा प्रभावशाली व्यक्ति भएकाले उनलाई बचाउने प्रयास भएको हिग्गिङ्सको आरोप छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?