+
+
Shares

अमेरिकाविरुद्ध सहकार्य गर्ने चीनको प्रस्ताव अस्ट्रेलियाद्वारा अस्वीकार

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते १०:१८
अस्ट्रेलियाका उपप्रधान तथा रक्षा मन्त्री रिचर्ड मार्ल्स

२८ चैत, काठमाडौं । अमेरिकाले लगाएको भन्सार शुल्क र आर्थिक अनिश्चितताको सन्दर्भमा चीनले गरेको ऐक्यबद्धताको अपिललाई अस्ट्रेलियाले अस्वीकार गरेको छ।

अस्ट्रेलियाका उपप्रधान तथा रक्षा मन्त्री रिचर्ड मार्ल्सले ट्रम्पको भन्सार शुल्क वृद्धिपछि चीनले गरेको सहयोगको प्रस्तावलाई अस्वीकार गर्दै भनेका छन्, ‘म अस्ट्रेलिया चीनसँगै हुनेछ भनेर सोच्न सक्दिनँ ।’

अस्ट्रेलियाका अखबारहरूमा लेख लेख्दै अस्ट्रेलियास्थित चिनियाँ राजदूत शाओ चीनले सहकार्यका लागि आह्वान गरेका थिए । उनले भनेका छन्, ‘नयाँ परिस्थितिमा चीन अस्ट्रेलिया र अन्तर्राष्ट्रिय समुदायसँग मिलेर काम गर्न तयार छ।’

तर, उपप्रधानमन्त्री मार्ल्सले अस्ट्रेलियाको नाइन न्यूजसँग भने, ‘हामी अमेरिका र चीनबीचको व्यापार युद्ध हेर्न चाहन्नौं। बरु हामीले यी दुई शक्तिहरूभन्दा बाहिरका साझेदारहरूसँग व्यापार विविधीकरणमा ध्यान केन्द्रित गरिरहेका छौं।’

यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १२५ प्रतिशत भन्सार शुल्क लगाएका छन् भने अन्य देशहरूलाई भने ९० दिनसम्म भन्सार शुल्क वृद्धि रोक लगाइएको छ।

यसको जवाफमा चीनका राष्ट्रपति सी जिनपिङले भनेका छन्, ‘अमेरिकाको भन्सार शुल्कको सामना गर्न चीनले आफ्ना छिमेकीहरूसँग सम्बन्ध बलियो बनाउनु आवश्यक छ।’

ट्रम्पले १२५ प्रतिशत भन्सार शुल्क लगाएपछि चीनले पनि तत्काल कठोर प्रतिक्रिया दिइसकेको छ।

बीबीसीका अनुसार एक चिनियाँ अधिकारीले ‘चीन चुप लागेर नबस्ने’ प्रतिक्रिया दिएका हुन् ।

अमेरिकाले चीनमा १०४ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेपछि चीनले जवाफी कदमस्वरूप अमेरिकाबाट आयात हुने वस्तुहरूमा भन्सार शुल्क ३४ प्रतिशतबाट बढाएर ८४ प्रतिशत पुर्‍याउने निर्णय गरेको थियो।

चीनको यो कदमपछि ट्रम्पले थप कडा प्रतिक्रिया दिँदै चिनियाँ वस्तुहरूमा आयात शुल्क १०४ प्रतिशतबाट बढाएर १२५ प्रतिशत पुर्‍याएका हुन्।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले वाणिज्य मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, ‘जब चिनियाँ जनताको अधिकार र हितमा चोट पुग्छ, त्यस्तो अवस्थामा सरकार चुप लागेर बस्दैन।’

चीनको एक सरकारी पत्रिकाले सम्पादकीयमा लेखेको छ, ‘विश्वव्यापी ऐक्यबद्धताले व्यापारिक दादागिरीमाथि जित हासिल गर्न सक्छ।’

उक्त लेखमा जापान, दक्षिण कोरिया र अन्य एशियाली अर्थतन्त्रहरूसँग बेइजिङको सहकार्यबारे पनि उल्लेख गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?