Comments Add Comment

राष्ट्रिय महिला लिगमा चौदण्डीगढीको ११औं हार

४ फागुन, काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाले राष्ट्रिय महिला लिगमा ११औं हार बेहोरेको छ । लिग अन्तर्गत मंगलबार भएको एक मात्र खेलमा रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढीलाई २-१ ले पराजित गरेको हो ।

पछिल्लो खेलहरुमा सुधारिएको प्रदर्शन गर्दै गएपनि चौदण्डीगढीले जित हात पार्न सकेको छैन ।

यसअघि विराटनगरसँग पनि चौदण्डीगढी २-१ ले नै पराजित भएको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा चन्द्रपुरको जितमा रजनी थोकर र दिल कुमारी राना मगरले एक/एक गोल गरिन् । चौदण्डिगढीका लागि मनिता तामाङले एक गोल गरिन् ।

पहिलो हाफको इन्जुरी टाइममा रजनीले गोल गर्दै चन्द्रपुरलाई अग्रता दिलाइन् । रजनीको सहज प्रहार चौदण्डीगढीकी गोलकिपर रविना घलानले बचाउन सकिनन् । यस्ते ६७औं मिनेटमा रविनाकै गल्तीमा दिल कुमारीले गोल गर्दै चन्द्रपुरको अग्रता दोब्बर पारिन् ।

चौदण्डिगढीका लागि मनिता तामाङले ६८औं मिनेटमा गोल गर्दै खेलमा फर्काउने प्रयास गरेकी थिइन् । तर त्यसपछि थप गोल नहुँदा चन्द्रले लिगमा ११औं हार व्यहोरेको हो ।

चन्द्रपुरको यो तेस्रो जित हो ।

११ खेलबाट ९ अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा छ । चन्द्रपुरले लिगमा छैटौं स्थानमै लिग सकाउने पक्का भएको छ । पाँचौ स्थानको पुलिसको १४ अंक रहेकोले चन्द्रपुरले अन्तिम खेल जितेपनि पुलिसलाई पछि पार्न सक्दैन । यस्तै चौदण्डीगढी लिगमा अन्तिम हुने निश्चित भएको छ । चौदण्डीगढीले लिगमा जम्मा ४ गोल गर्दा ९६ गोल खाएको छ ।

अब चन्द्रपुरले वालिङ र चौदण्डीगढीले पुलिससँग खेल्न बाँकी छ ।

चन्द्रपुरका प्रशिक्षक नुर राज काफ्लेले आजको जितले लिगको स्थानमा कुनै फेरबदल नहुने भएकोले हार जितले खासै केही नभएको बताए । यस्तै टिमले राम्रो खेलेको बताए ।

यस्तै चौदण्डीगढीका प्रशिक्षक दिपक थापाले आप्नो टिमले सुधारिएको प्रदर्शन गरेको तर खेल जित्न नसकेको बताए । यसअघिका खेलहरुको तुलनामा टिमले राम्रो प्रदर्शन गरेको देखिएको उनले बताए । उनले पुलिस विरुद्धको अन्तिम खेलमा राम्रो खेल्ने आशा राखे ।

लिग अन्तर्गत बुधबार त्रिभुवन आर्मी र नेपाल पुलिस तथा एपीएफ र विराटनगरबीच खेल हुनेछ । एपीएफले विराटनगरलाई पराजित गरेमा आर्मी विरुद्ध अन्तिम खेल खेल्नुअघि नै लिगको उपाधि पक्का गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment