+
+
Shares

नेपाली कलाकारलाई अडिसन दिनु हुँदैन भन्ने भ्रम छः अनुप बराल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ४ गते १८:३२

नायक आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘लाल सिंह चड्डा’का लागि नायिका करिना कपुरले अडिसन दिइन् । बलिउडमा हरेक चलचित्रका लागि नाम चलेका कलाकारले अडिसन दिइरहेका हुन्छन् । तर, नेपालमा भने नाम चलेका कलाकारहरु अडिसनमा जानु हुँदैन भन्ने सोच राख्छन् । आफू चलिसकेपछि पनि अडिसनमा किन जानु भन्ने सोच धेरै कलाकारको छ ।

कलाकार तथा निर्देशक अनुप बरालले पनि नेपाली कलाकारमा अडिसनमा जानु हुँदैन भन्ने भ्रम रहेको बताएका छन् । आज आयोजना भएको चलचित्र ‘प्रकाश’को पत्रकार सम्मेलनमा बोल्दै अनुपले भने–‘नेपालमा चलेका कलाकारहरुलाई अडिसनमा सहभागी हुनु हुँदैन भन्ने भ्रम छ । अडिसनमा सहभागी हुनु भनेको कुनै पनि कलाकारको अभिनयको क्षमता नाप्ने भन्ने होइन । जुन कथाका लागि कलाकार अडिसनमा सहभागी भएका छन्, सो कथाका लागि फिट छन् या छैनन् भनेर मापन मात्र गरिने हो ।’

विदेशमा अडिसनमा नाम चलेका कलाकारहरु सहभागी हुने भन्दै अनुपले हरेक प्रोजेक्टका लागि कलाकारले अडिसन दिनुपर्ने बताए । चलचित्र ‘प्रकाश’का लागि कलाकार दिया मास्केदेखि नायिका रेनु योगीलाई पनि अडिसनबाटै छनोट गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?