
हरिणलाई ठक्कर दिएको ट्रक र त्यसका चालक । फोटो : नेपाल प्रहरी
५ फागुन, चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर नगरपालिकामा ट्रकको ठक्करबाट एक हरिणको मृत्यु भएको छ ।
आज बिहान करिब साढे चार बजे रत्ननगर नगरपालिका वडा नं. ९ सिंचाइगेट अगाडि ना ६ ख १४६० नम्बरको ट्रकको ठक्करबाट हरिणको मृत्यु भएको हो । हरिणको घटनास्थलमै मृत्यु भएको छ ।
रौतहटबाट नुवाकोटतर्फ जाँदै गरेको सो ट्रकलाई प्रहरीले चितवनको रामनगरबाट पौने सात बजे नियन्त्रणमा लिएको थियो ।
ट्रक चालक नवलपरासीको देवचुली नगरपालिका वडा नं. १ बस्ने २४ वर्षीय अनिल कुमाललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी सूर्य थापाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4