+
+
Shares

‘फुलबुट्टे सारी’को ‘लिजेन्डरी भर्सन’मा मदनकृष्ण र मिथिलाको जमेको केमेष्ट्री

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते १३:०८

गायिका मिलन अमात्यको स्वरमा समावेश ‘फुलबुट्टे सारी’ बोलको गीतले दर्शकको अत्याधिक माया पायो । ६९ दिनमै ३ करोड भन्दा बढी भ्यूज पाएको यो गीतले हरेक वर्गका दर्शकको माया पाउन सफल भयो ।

यो गीतको मेल, फिमेल र चाइल्ड भर्सन सार्वजनिक भैसकेको छ । अब, यसका निर्माताले लिजेण्डरी भर्सन पनि सार्वजनिक गरेका छन् । मार्मिक लामाको स्वर, राजनराज सिवाकोटीको शब्द तथा संगीतमा १२ बर्ष अगाडि यो गीत रेकर्ड भएको थियो ।

लिजेन्डरी भर्सनमा कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मालाई फिचरिङ गरिएको छ । भिडियोलाई राजेश पुमा राइले निर्देशन गरेका हुन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

यो गीतको भिडियो सार्वजनिक कार्यक्रममा कलाकार हरिवंश आचार्य पनि उपस्थित थिए । उनलाई कार्यक्रममा सम्मानित गरिएको थियो । संगीतकार सिवाकोटीले अब यो गीतको अर्को भर्सन सार्वजनिक नगर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?