Comments Add Comment

अमेरिकालाई उछिन्दै चीन बन्यो ईयूसँग सबैभन्दा धेरै व्यापार गर्ने मुलुक

५ फागुन, काठमाडौं । अमेरिकालाई उछिन्दै चीन युरोपेली संघ (ईयू)सँग सबैभन्दा धेरै व्यापार गर्ने मुलुक बनेको छ । सन् २०२० मा चीन र ईयूबीच सात खर्ब नौ अर्ब डलरको व्यापार भएको थियो । जबकी सो अवधिमा अमेरिकासँगको ईयूको व्यापार ६ खर्ब ७१ अर्ब डलरको थियो ।

गत वर्षको पहिलो त्रैमासमा चीनको अर्थतन्त्र कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण सुस्ताए पनि त्यसपछि भने चीनमा ईयूका सामग्रीको माग बढेको थियो । सन् २०२० मा चीन सकारात्मक आर्थिक वृद्धिदर हासिल गर्ने प्रमुख अर्थतन्त्रमध्ये एक्लो बनेको थियो ।

गत वर्ष चीनको मेडिकल उपकरण र इलेक्ट्रिोनिक्स सामग्रीहरुको निर्यात पनि उल्लेख्य बढेको थियो । युरोपको तथ्यांक विभागका अनुसार चीनबाट हुने आयात गत वर्ष ५.६ प्रतिशत र चीनतर्फ हुने निर्यात २.२ प्रतिशत बढेको थियो ।

ईयूको चीनसँगको व्यापारघाटा पनि एक खर्ब ९९ अर्ब डलरबाट बढेर दुई खर्ब १९ अर्ब डलर पुगेको छ । ईयूका अनुसार गत वर्ष अमेरिकाबाट हुने आयातमा १३.२ प्रतिशत गिरावट आएको थियो भने अमेरिकातर्फ हुने निर्यात ८.२ प्रतिशत घटेको थियो । सन् २०१९ मा ईयू र अमेरिकाबीचको व्यापार सात खर्ब ४६ अर्ब डलरको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment