Comments Add Comment

जापानमा कोरोना खोप कार्यक्रम सुरु

Photo Credit : Reuters

५ फागुन, काठमाडौं । जापानमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप कार्यक्रम सुरु भएको छ । फाइजर र बायोएनटेकले विकास गरेको कोरोना खोपबाट जापानमा कोरोना खोप कार्यक्रम सुरु गरिएको हो । केही दिनअघि जापानले फाइजरको कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति दिएको थियो ।

बुधबादेखि जापानले प्राथमिकताको आधारमा कोरोना खोप लगाउन सुरु गरेको हो । कोरोना खोप कार्यक्रमको पहिलो चरणमा जापानका ४० हजार डाक्टर तथा नर्सहरुले यो खोप लगाउनेछन् । त्यसका लागि मुलुकभरका एक सय अस्पतालबाट कोरोना खोप कार्यक्रम सुरु गरिएको हो ।

जापानले अन्य पश्चिमा मुलुकको तुलनामा कोरोना खोपलाई अनुमति दिनमा ढिलाइ गरेको हो । जापानले यसअघि फाइजरको खोपको सुरुवाती क्लिनिकल परीक्षण आफ्नो मुलुकमा पनि गराएको थियो । त्यसैले जापानमा यो खोपले अनुमति पाउन समय लागेको हो । जापानले अहिलेसम्म ३१ करोड ४० लाख डोज खोपका लागि सम्झौता गरिसकेको छ । जुन, मुलुकका १५ करोड ७० लाख मानिसको लागि पर्याप्त हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment