
५ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन हुन चाहने कर्मचारीलाई तोकिएको ढाँचासहितको निवेदन पेस गर्न आग्रह गरेको छ । मन्त्रालयले बुधबार सूचना जारी गरी समायोजन हुन चाहने कर्मचारीलाई आवश्यक कागजातपत्र पूरा गरी तोकिएको ढाँचामा अनलाइन प्रणालीमार्फत आवेदन पेस गर्न आग्रह गरेको हो।
‘कर्मचारी समायोजन/मिलान सम्बन्धी मापदण्ड, २०७७’ मा व्यवस्था भएअनुसार समायोजन मिलानको लागि इच्छुक कर्मचारीले तोकिएको ढाँचाको आवेदन र सहमति पत्रसहित गत फागुन १ गते देखि १६ गतेसम्म माग गरेकोमा यस अवधिमा प्राप्त अधिकांश निवेदन र सहमति पत्र तोकिएको ढाँचामा नपाइएको मन्त्रालयले जनाएको छ।
यसको साथै तोकिएको ढाँचा अनुरुप अन्य कागजात प्राप्त नभएको निवेदन कारबाहीको प्रक्रियामा नजाने बताइएको छ।
हेर्नुहोस् विज्ञप्ति :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4