+
+
Shares

फेसबुकलाई इटालीमा ८५ लाख डलर जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ५ गते १९:१०

५ फागुन, काठमाडौं । इटालीको एकाधिकार विरोधी नियामकले सामाजिक सञ्जाल फेसबुकलाई ८५ लाख डलर जरिवानाको निर्णय गरेको छ । बुधबार इटालीको नियामकले प्रयोगकर्ताको विवरणमा गैरव्यावसायिक अभ्यास सच्याउन गरेको आग्रह पालना नगरेको भन्दै फेसबुकमाथि जरिवानाको निर्णय गरेको हो । यसअघि सन् २०१८ नियामकले फेसबुकले प्रयोगकर्तालाई उनीहरुको विवरण प्रयोग हुने गरेको विषयमा सही तरिकाले सूचना नदिइने गरेको भन्दै उक्त कदम सच्याउन निर्देशन दिएको थियो ।

नियामकले फेसबुकलाई सुधार गरिएको जानकारी इटालीका प्रत्येक प्रयोगकर्ताको होमपेजमा आउने बनाउन माग गरेको थियो र यसअघि राम्रोसँग सूचना नदिई विवरणहरु संकलन गरिएको विषयमा ५५ लाख डलर जरिवाना गरेको थियो । यद्यपि नियामकले गरेको अनुसन्धानमा भने फेसबुकले नियामकको निर्देशन पालना नगरेको पाइएको थियो ।

फेसबुकले भने यो निर्णयको पुनरवलोकनको लागि निवेदन दिने बताएको छ । साथै उसले यसअघि नै नियामकले यसअघि दिएको निर्देशन पनि पालना गरेको पनि दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?