६ फागुन, काठमाडौं । इटालियन क्लब युभेन्ट्स युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा पोर्चुगिज क्लब पोर्टोसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा पोर्टोले युभेन्ट्सलाई २-१ ले पराजित गरेको हो ।
पोर्टोका लागि मेहदी तारेमीले खेलको पहिलो मिनेटमै गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा अग्रता कायम राखेको पोर्टोका लागि ४६औं मिनेटमा माउसा मारेगाले गोल गर्दै अग्रता दोबर पारे ।
दुई गोलले पछि परेको युभेन्ट्सले दोस्रो हाफमा एक गोल फर्कायो । ८२औं मिनेटमा फेडेरिको चिएसाले युभेन्ट्सका लागि गोल फर्काए पनि हार टार्न सकेन ।
अब दोस्रो लेग मार्च ९ मा युभेन्ट्सको मैदानमा हुनेछ ।
प्रतिक्रिया 4