६ फागुन, बुटवल । रुपन्देहीमा स्कुलबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-११ स्थित कुमारी चाेकमा बसको ठक्करबाट मर्निङवाकमा निस्किएका सोही ठाउँ बस्ने ३४ वर्षीय सुमन खौसियाको मृत्यु भएको हो ।
बिहान साढे ५ बजे मर्निङवाक निस्केका मृतक खौसिया र स्थानीय आरती थापालाई शान्ती नमुना माध्यमिक विद्यालयको लु १ क ८२४ नम्बरको बसले ठक्कर दिएको थियो । घाइते थापाको क्रिमसन अस्पताल मणिग्राममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
विपरीत दिशाबाट गएको ट्रकले झुक्याएका कारण बसदुर्घटनामा परेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4