Comments Add Comment

‘प्रकाश’: प्रदिपका लागि अवसर र चुनौती

नायक प्रदिप खड्कालाई मन पराउने दर्शकले चकलेटी अनुहार भएको, लभस्टोरी कथामा खरो उत्रने सक्ने कलाकार भनेर चिन्छन् । चलचित्र ‘प्रेमगीत’ हेरेपछि उनको फ्यान धेरै भए । यसैले, उनको चलचित्रले बक्स अफिसमा गरेको कमाइको आँकडा हेर्ने हो भने, लभस्टोरी उनलाई केही हदसम्म फापेको छ ।

यसैले पनि प्रदिपले आफूलाई लभस्टोरी चलचित्रमा नै ढाल्दै आएका छन् । तर, यसपटक भने प्रदिप खड्का केही नयाँ गर्ने सोचका साथ अगाडि बढेका छन् । उनलाई प्रेमको कथामा हेर्दै आएका दर्शकले यसपटक चलचित्र ‘प्रकाश’मा फरक गेटअप देख्नेछन् ।

यो चलचित्रका लागि प्रदिप कती गम्भिर छन् भन्ने कुरा, उनले गरिरहेको मिहिनेतले पनि थाहा हुन्छ । चलचित्रको घोषणा कार्यक्रममा अनलाइनखबरसँग कुरा गर्दै प्रदिपले सुनाए–‘म ७२ केजी थिएँ । यो चलचित्रमा कलेज पढ्ने यूवकको गेटअपमा देखिनुपर्ने भएकाले पनि १० केजी घट्नुपर्ने छ । म ७ केजी घटिसकेको छु । अझै, ३ केजी घट्नुपर्छ ।’

प्रदिपले खानेकुरामा निकै नै कन्ट्रोल गरिरहेका छन् । दैनिक सोनामा जाने भएकाले पनि कहिलेकाही उनलाई रिंगटा लाग्छ । उनले भने–‘एकपटक गाडी चलाउँदा निक्कै रिंगटा लाग्यो । ब्लड प्रेसर चेक गरेको त लो भएछ । नुन खाएको थिइनँ । यसैले, उभिनै गाह्रो पनि भयो ।’

प्रदिपले लभस्टोरी कथा मन पराउने दर्शकको समुहमा आफूलाई स्टार बनाए । तर, उनले यसपटक छवि बदल्ने कोशिश गरिरहेका छन् । आफ्ना चलचित्र नै नहेर्ने वर्गलाई समेत हलसम्म तान्नका लागि उनी प्रयासरत छन् ।

जुम्लामा २ महिना यो चलचित्रको छायांकन हुनेछ । प्रदिपले आफूलाई निखार्ने कोशिश गरे । कलाकार अनुप बरालसँग पोखरामा पुगेर ३ महिना अभिनयको कोर्ष पनि सिके । प्रदिप भन्छन्–‘जब कुनै चलचित्र कलाकारले छनोट गर्दा किन गर्ने भनेर सोच्छ नी त्यतिबेला उसले वुझ्नुपर्छ कि यो चलचित्र किन बन्न आवश्यक छ ? यदि, चलचित्र बन्न आवश्यक छ भन्ने लाग्यो भने चलचित्र छनोट गर्न सहज हुन्छ । प्रकाश बन्न आवश्यक छ यसैले मैले छनोट गरेको हुँ ।’

चलकेटी नायकको लभ स्टोरी चलचित्र हेरिरहेका दर्शकका लागि ‘प्रकाश’ केही भिन्न हुन सक्छ । यो अर्थमा प्रदिपका लागि यो चुनौती हो । तर, नयाँ दर्शकलाई हलसम्म तान्ने अवसर पनि उनीसँग छ । प्रदिप यसका लागि कोशिश गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment