+
+
Shares
अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्रीको जवाफ :

‘मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु नै दुराग्रहपूर्ण’

लोकप्रियताका लागि प्रधानमन्त्रीलाई मुद्दा हाल्ने प्रचलन नियन्त्रण गर्नुपर्छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते २१:४०

६ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनेर कल्पना गर्नु नै दुराग्रहपूर्ण भएको बताएका छन् ।

अदालतको अवलेहना मुद्दामा बिहीबार लिखित जवाफ दिएका प्रधानमन्त्री ओलीले अदालतप्रति आफ्नो उच्च सम्मान रहेको बताए । ‘लोकतन्त्र, विधिको शासन तथा स्वतन्त्र न्यायपालिकाका लागि पाँच दशकभन्दा लामो समयदेखि संघर्ष गरेको मैले न्यायपालिकाको सम्मान कम हुने कार्य गरेँ भनी कल्पना गर्नु समेत दुराग्रहपूर्ण छ,’ उनले भनेका छन् ।

मौलिक हकमा अतिक्रमण हुने गरी अभिव्यक्ति दिएको भन्ने रिट निवेदकको दाबी निराधार भएको समेत प्रधानमन्त्री ओलीले बताएका छन् । उनले आफ्नो लिखित जवाफमा भनेका छन्, ‘यस्तो लोकप्रियताका लागि प्रधानमन्त्रीलाई प्रत्यासी कायम गरी मुद्दा गर्ने जुन आम प्रचलन देखिन्छ, त्यसमा भने नियन्त्रण गर्न जरुरी देखिन्छ ।’

हुँदै नभएको वा एक अर्थमा बोलेको कुरा वा शब्दलाई अर्को अर्थ लगाइ, बंग्याइ अदालतको अवहेलनाको मुद्दा हालेको भन्दै उनले यो आपत्तिजनक भएको बताएका छन् ।

हेर्नुहोस् प्रधानमन्त्री ओलीले सर्वोच्चमा पेश गरेको जवाफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?