+
+
Shares

सीजीका साना घरायसी सामग्रीको रिटेलर सम्मेलन नारायणघाटमा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन ६ गते १३:२९

सीजीले आफ्ना रिटेलरहरुलाई मध्यनजर गरी हालै नारायणघाट स्थित द नारायण रिसोर्टमा एक ठूलो कार्यक्रम गरी रिटेलर सम्मेलन सम्पन्न गरेको छ ।

१५० जनाभन्दा बढिको सहभागिता रहेको उक्त कार्यक्रममा सिजीले आफ्ना सम्पूर्ण साना घरायसी सामाग्रीहरुको प्रदर्शन गरी उक्त सामाग्रीहरुको बारेमा विस्तृत जानकारी पनि दिएको थियो । कार्यक्रममा आफ्ना उत्कृष्ट रिटेलरलाई विभिन्न अवार्ड वितरण गरि सम्मान समेत गरिएको थियो ।

आफ्ना रिटेलरहरुलाई प्रोत्सान गर्नका निम्ती सिजीले विभिन्न किसिमका आकर्षक योजनाहरु पनि सोही कार्यक्रममार्फत घोषणा गरेको थियो ।

बजारमा सिजीका विभिन्न साना घरायसी सामनहरु जस्तै राईस कुकर, प्रेसर कुकर, मिक्चर गि्रन्डर, वाटर डिस्पेन्सर, इन्डक्सन चुलो, ग्याँस चुलो, पंखा, हिटर, ओभनका साथै अरु थुप्रै सामानहरु नेपालभरि सहुलियत मूल्यमा उपलब्ध रहेको छ ।

आउने दिनहरुमा आफ्नाग्राहक, डिलर, रिटेलरहरु माझ यस्तै विभिन्न कार्यक्रमहरु गर्ने बारेमा पनि सिजीले प्रतिबद्धता जाहेर गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?