Comments Add Comment

मोबाइल लुट्न कुटपिट, पानीमा डुबेपछि मृत्यु

६ फागुन, काठमाडौं । गुह्येश्वरी मन्दिर नजिकै बाग्मती नदी किनारमा एकजना व्यक्तिको हत्या भएको छ ।

काठमाडौं–७ घर भएका ४९ वर्षीय राजुमान श्रेष्ठको हत्या भएको पाइएपछि चार जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी अशोक सिंहले अनलाइनखबरलाई बताए ।

प्रहरीले शनिबार नदी किनारमा शंकास्पद अवस्थामा श्रेष्ठको शव भेटेको थियो । गाडी सिक्न भन्दै मध्यराति करिडोरमा निस्किएका उनको मोबाइल चोरी गर्ने उद्देश्यले लिखुतामाकोशी गाउँपालिका–३, रामेछाप घर भएका १८ वर्षीय विशाल तामाङ, सन्तोष तामाङ, सन्तकुमार तामाङ र लाक्पा तामाङले आक्रमण गरेका पाइएको प्रहरी बताउँछ ।

श्रेष्ठले प्रतिकार गर्न खोजेपछि कुटपिट गर्दै बाग्मदी नदी छेउ लडाइदिएको पाइएको सिंह बताउँछन् । त्यसपछि पानीमा डुबेर उनको मृत्यु भएको पाइएको छ । ‘कुटपिटका कारण गम्भीर घाइते भएकै कारण उनी उठ्न नसकी डुबेर मृत्यु भएको देखिएकाले कर्तव्य ज्यान मुद्दामा चारै जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं’, सिंहले भने ।

मन्दिरको पारिपट्टी गाडी बिग्रिएपछि उनी अलमलमा परेका थिए । रातिको समयमा बनाउने मान्छे पनि आएपछि उनी दिव्यश्वरी पार्टी प्यालेसतर्फ हिँड्दै गएका थिए । त्यही वेला श्रेष्ठको जम्काभेट आक्रमण गर्ने युवाहरुसँग भएको थियो ।

उनीहरु डिस्कोमा गएर फर्किएको पाइएको प्रहरी बताउँछ । विस्तृत अनुसन्धान महानगरीय प्रहरी वृत्त, गौशालाबाट भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment