Comments Add Comment

सेना दिवसमा खुला म्याराथन हुँदै, भोलिदेखि आवेदन दिन मिल्ने

६ फागुन, काठमाडौं । सेना दिवसको अवसरमा प्रधासेनापति खुला म्याराथन प्रतियोगिता हुने भएको छ । जंगीअड्डाको खेल मैदानबाट सुरु हुने गरी २२ फागुनबाट प्रतियोगिता गर्न लागिएको सैनिक शारीरिक तथा खेलकुद केन्द्रले जनाएको छ ।

पुरुष खुलातर्फ ४२.१९७ किलोमिटर, हाफ म्याराथन (२१ किमी) तर्फ महिला र पुरुष र ४५ वर्षसम्म खुला, १० किमीतर्फ सैनिक अधिकृतहरु र गैरसैनिक महिला पुरुषबीच प्रतियोगिता हुनेछ ।

नेपाली सेनाका अनुसार ५ किलोमिटरतर्फ सैनिक महाविद्यालय र विद्यालय (उपत्यकाभित्र ७ देखि १२ कक्षासम्म) अध्ययन गर्ने विद्यार्थी र सेनाका भूपू र बहालवाला छोराछोरीबीच प्रतिस्पर्धा हुनेछ । ५ किलोमिटर वाकथनतर्फ सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निजामती, श्रीमती संघ र अन्य व्यक्तिहरुबीच प्रतिस्पर्धा हुने भनिएको छ ।

यसपटक खुला पुरुष म्यराथनको प्रथम पुरस्कार राशी बढाएर ३ लाख, दोस्रोलाई २ लाख, तेस्रोलाई एक लाख र चौथोलाई ५० हजार राखिएको छ । दशौं स्थानसम्म आउनेले पुरस्कार पाउनेछन् । हाफ म्याराथनको पुरस्कार राशि क्रमशः ७५ हजार, ५० हजार र ३५ हजार रुपैयाँ छ ।

प्रतियोगितामा सहभागी हुनका लागि शुक्रबारबाट सेनाको वेवसाइटमा गएर अनलाइन आवेदन दिन सकिनेछ । सैनिक अधिकृतका लागि भने सम्बन्धित इकाइबाटै फारम भर्नुपर्ने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment